क्षयरोगमुक्त 

क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभर निःशुल्क स्वास्थ्य बीमा : स्वास्थ्यमन्त्री खतिवडा

 

 

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रूपमा हालसम्म पनि रहिरहेको बताएका छन् ।

विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै मन्त्री खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् ।

‘विश्व स्वास्थ्य संगठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाई सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

यसलाई प्रभावकारी बनाइ प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउन हामी सबैले आ–आफ्नो ठाउँ तथा क्षमता अनुसार कार्य गर्न आवश्यक रहेको छ’, मन्त्री खतिवडाको सन्देशमा भनिएको छ ।

मन्त्री खतिवडाले क्षयरोग निवारणका लागि नीति निर्मातादेखि बिरामी तथा यसको निवारणमा सबैलाई सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन् । ‘क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या समेत हो ।

त्यसैले यसलाई सम्बोधन गर्न सरकारी, निजी र गैरसरकारी निकायहरूसँगको समन्वय र सहकार्यबाट मात्र सम्भव हुने भएकोले नेपाल सरकारले यसलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारको लक्ष्य छ ।

क्षयरोगका बिरामीलाई सामाजिक सुरक्षा कार्यक्रममा समाहित गरी क्षयरोगबाट हुने अधिक आर्थिक भार हुन नदिने व्यवस्था गरिने छ’, मन्त्री खतिवडाको सन्देशमा भनिएको छ, ‘यसका लागि हाल औषधी प्रतिरोधी क्षयरोगका बिरामीलाई दिइरहेको निःशुल्क स्वास्थ्य बीमाको सुविधालाई थप विस्तार गरी आगामी आर्थिक वर्ष देखि सबै प्रकारका क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभरका लागि निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइने छ ।’

मन्त्री खतिवडाले राष्ट्रिय क्षयरोग प्रिभालेन्स सर्वेक्षणको तथ्यले देखाए अनुसार अझै पनि क्षयरोगका धेरै बिरामीहरू उपचारको दायरामा आउन नसकेको तथ्यलाई हृदयङ्गम गरी स्थानीय सरकारकै स्वामित्व र नेतृत्वमा एकद्वार प्रणाली मार्फत क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी ४ वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याइने पनि बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले