दमक हत्याकाण्डको रहस्य खुल्दै

मृत्कको ’ब्वायफ्रेण्ड’ प्रहरी नियन्त्रणमा, अनुसन्धान अन्तिम चरणमा

दमक,१९ जेठ।झापाको दमकमा घटेको एउटा निकै दुःखद र रहस्यमयी घटनाले यतिबेला सम्पूर्ण स्थानीयबासीलाई स्तब्ध बनाएको छ। दमक नगरपालिका वडा नं. ८, बसन्त टोलकी २१ वर्षीया युवती रमा तिवारी (जसलाई परिवारले ’रमा’ भनेर बोलाउँथे), उहाँको शव स्थानीय रतुवा खोलामा फेला परेपछि यो घटनाले अहिले गम्भीर मोड लिएको छ।
शनिबार रतुवा खोलामा फेला परेको शवको पहिचान लुगा र हुलियाका आधारमा उहाँकी आमा मुना तिवारी र बुवा नारायण तिवारीले गरिसकनु भएको छ्। हिजो सोमबार परिवारले रमाको अन्तिम संस्कार समेत गरिसकेको छ।

 

मृतक रमाकी आमा मुना तिवारीका अनुसार, गत जेठ १३ गतेको रात रमाको मोबाइलमा उहाँका नजिकका ’केटा साथी’ (ब्वाइफ्रेण्ड) को फोन आउँछ। ती युवक लागूऔषधको कुलतमा फसेका कारण उनलाई सुधार्न परिवारले सुधार केन्द्र मा राखेका थिए। संयोगवश, जेठ १३ गतेकै साँझ उनी सुधार गृहमा आफ्नो कोर्स पूरा गरेर बाहिर निस्किएका थिए।
सुधार गृहबाट निस्किने बित्तिकै उनले रमालाई फोन गरेर भेट्न बोलाए। लामो समयदेखि भेटघाट र कुराकानी नभएका कारण रमा पनि आफ्नी आमासँग “केटा साथीलाई भेटेर आउँछु“ भनी अनुमति मागेर खुसीसाथ घरबाट निस्कीनु भएको थियो । तिवारी परिवारले उनीहरूबीचको सम्बन्धलाई गर्लफ्रेण्ड–ब्वायफ्रेण्डकै रूपमा स्वीकार गरिसकेको हुनाले आमाले पनि सहजै जान अनुमति दिनु भएको थियो्।

 

तर, कसैले सोचेको थिएन– त्यो भेट नै रमाको जीवनको अन्तिम भेट बन्नेछ। घरबाट खुसीसाथ निस्किनु भएकी रमा त्यसपछि कहिल्यै घर फर्किइनु भएन्। अन्ततः निस्किएको पाँचौँ दिनमा उहाँको निर्जीव शरीर रतुवा खोलामा तैरिएको अवस्थामा फेला पर्यो।यस संवेदनशील घटनालाई लिएर इलाका प्रहरी कार्यालय दमकले आफ्नो अनुसन्धानलाई तीव्र बनाएको छ। प्रहरीले हिजो मात्रै दमक ठेगाना भएका रमाका ती ब्वाइफ्रेण्डलाई नियन्त्रणमा लिएको छ। यद्यपि, अनुसन्धानको गोपनीयता र संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले ती पक्राउ परेका युवकको पहिचान र नाम भने अहिल्यै सार्वजनिक गरिसकेको छैन।
प्रहरी स्रोतका अनुसार रमा हत्याकाण्डको अनुसन्धान लगभग निष्कर्षको नजिक पुगिसकेको छ। घटनाको मुख्य दोषी को हो र रमाको मृत्युको वास्तविक कारण के हो भन्ने कुरा आगामी केही दिनभित्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

 

लामो समयपछि सुधार गृहबाट फर्केका ती केटा साथीसँगको भेट लगत्तै रमाको जीवन किन र कसरी समाप्त भयो? यो केवल एउटा भवितव्य हो कि यसको पछाडि कुनै क्रूर योजना लुकेको छ? यसको सत्यतथ्य विवरण आउन अब धेरै दिन पर्खिनु पर्ने छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय