गुणस्तरीय सदस्यता नभए अपेक्षित नतिजा नआउँने उपाध्यक्ष पौडेलको दाबी

काठमाडौं,२० जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताउनु भएको छ। नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उहाँले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताउनु भएको छ।

उहाँले पार्टी सदस्यहरू विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित भए मात्रै पार्टीले सफलता हासिल गर्ने उल्लेख गर्नु भयो। सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकिने उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘पार्टीका सदस्यहरु पार्टीको विचार, विश्लेषणसँग जानकार छन्, उनीहरु संगठित छन्, अनुशासित छन्, उनीहरु क्रियाशील छन् र लक्ष्यप्रति समर्पित छन् भने त्यस्तो पार्टीले प्रगती गर्छ । पार्टी सदस्यताका प्रश्नमा हामीहरु चुक्यौं भने यसको गुणस्तरमा हामीहरु चुक्यौं भने आकारमा ठूलो भए पनि नतिजा राम्रो हुन सक्दैन ।’

पौडेलले कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यतालाई अत्यन्त महत्वका साथ हेरिने परम्परा रहेको बताउँदै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूले समेत सदस्यता प्राप्त गर्न नसकेका उदाहरणहरू रहेको स्मरण गराउनु भयो । त्यसैले सदस्यता प्राप्तिको विषयलाई पार्टी निर्माणको आधारभूत र निर्णायक महत्वको विषयका रूपमा लिनुपर्ने उहाँले बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘पार्टी सदस्यता प्राप्त गर्ने विषयलाई कम्युनिस्ट पार्टीमा सर्वाधिक महत्वको विषय मानिन्छ । दुनियाँमा यस प्रकारका अनुभवहरु छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यस प्रकारका अनुभवहरु पनि छन् कि विभिन्न विधामा अत्यन्त प्रशंसनिय र उच्च महत्वको योगदान गरेका व्यक्तिहरुले पार्टी सदस्यता चाहँदा प्राप्त गर्न नसकेका अनुभवहरु पनि छन् । यसकारण हामीले पार्टी सदस्यताको प्रश्नलाई अत्यन्तै महत्वको पार्टी निर्माणको आधारभूत र निर्णयक महत्वको विषय हो भन्ने कुरा हामीले मान्दै आइरहेका छौं ।’

उपाध्यक्ष पौडेलले पार्टी सदस्यताको प्रश्न केवल प्राविधिक विषय नभई राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयसमेत भएको धारणा राख्नु भयो । पार्टी सदस्यलाई विचार र राजनीतिसँग जोडेर मात्रै संगठन निर्माणलाई हेर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘पार्टी सदस्यताको प्रश्न यो केवल प्राविधिक प्रश्न मात्र होइन, यो राजनीकित प्रश्न पनि हो । यो वैचारिक सैद्धान्तिक प्रश्न हो । पार्टी सदस्यलाई एउटा विचारसँग, राजनीतिसँग जोडेर मात्रै पार्टी संस्थाको विषयलाई हामीले हेर्नुपर्दछ जस्तो मलाई लाग्दछ । पार्टी निर्माणसँग, पार्टीको विचार सिद्धान्त र यसका मूल्य मान्यताहरु पनि एकअर्कामा जोडिएका हुन्छन् ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय