भदौ २३ / २४ को घटना पूर्वनियोजित षड्यन्त्र थियोः अध्यक्ष ओली

काठमाडौं,२० जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३ / २४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गर्नु भएको छ। दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्वनियोजित घटना भएको आरोप लगाउनु भएको छ।

 

उहाँले भन्नु भयो, भदै २३ / २४ गतेको लाई कसैले आन्दोलन भन्छन् कसैले क्रन्ती भन्छन् गर्नेहरुले त क्रन्ती भन्ने भए युवाहरूको नवयुवाहरूको हत्या गर्नेलाई पनि मान्छेले क्रन्ती भन्ने भए आपराधिक क्रियाकलापको आयोजना आफूले गर्ने काँक्रा खाइसकेपछि बिया अर्काको गालमा टासीएर आरोप लगाउने काम उनीहरूले त गरे गरे । तर त्यो एउटा षड्यन्त्र पुर्न, पूर्वनियोजित घटना हो ।’

 

ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३ / २४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘यो मोरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमा जुन कुरा आएको छ त्यसमा भदौ २३ / २४ को घटना पूर्व नियोजित पहिलेनै सयन्त्र भएको एउटा प्रायोजित घटना थियो भन्ने कुर हामीले आफ्नो प्रतिवेदनको सार संक्षप उल्लेख गरेको छु ।’

 

उहाँले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा बलियो अवस्थामा रहेको बताउनु भयो । जनताबाट निर्वाचित अत्याधिक बहुमतको सरकारलाई संवैधानिक, कानुनी र संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास भए पनि सफल हुन नसकेको दाबी गर्नु भएको छ ।

 

‘त्यो यथार्थ र षड्यन्त्र हाम्रो बिरुद्धत थियो नै हामी संवैधानिक हिसाबले लोकतान्त्रिक हिसाबाले बलियो अवस्थामा थियो । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौ, उनले भने, ‘त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो । त्यो सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक पटक त्यसलाई ढाल्ने प्रयास गरियो । ध्वस्त पार्ने प्रयास गरियो । त्यो सम्भव भएन, त्यो सम्भव नभएपछि वैधानिक र आपराधिक मार्गबाट त्यस सरकारलाई विस्थापित गर्ने षड्यन्त्र भयो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय