स्थानीय तह निर्वाचनको तयारी तीव्र, झापामा २८६ मतदान स्थल निश्चित

 

 

झापा /

झापामा २८६ मतदान स्थल निश्चित भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार करिब ७६० मतदान केन्द्रहरू हुने अनुमान गरिएको छ । मतदान स्थल र केन्द्रहरूको अध्ययन,अवलोकन गर्ने काम सम्पन्न भइसकेको छ ।

०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी गरिरहेको नेपालले जानकारी दिए । चैत १३ मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि मतदान केन्द्रहरू निश्चित हुने उनको भनाई छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक कामलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । निर्वाचन अधिकारी नेपालका अनुसार मतदाता नामावली अद्यावधिकको काम समेत सम्पन्न भइसकेको छ । नेपालले भने, बसाइसराइ गएका , आएका, मृत्यु भएका र विवाह गरी गएका–आएका मतदाताको नामावली अद्यावधिक गरिन्छ । सो अद्यावधिक गरिएको नामावली नै अन्तिम हुने भनाई छ ।

निर्वाचन आयोगले जिल्लालाई बैशाख ३० गतेका लागि आवश्यक सामग्री पठाएको छ । पठाउन बाँकी सामग्री पनि केही समयमै आइपुग्ने निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामै खरिद गर्नुपर्ने सामग्री यही खरिद गरिनेछ, नेपालले भने ।

निर्वाचनका लागि आवश्यक सामग्रीहरू मतदान केन्द्रहरूमा बैशाख २७ गते पठाइने छ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाई छ । यस्तै, बैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ ।

बैशाख ११ देखि १७ गतेसम्म निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन, उम्मेद्वारहरुको नामावली प्रकाशन, दाबी विरोध, छानबिनपछिको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । यस्तै, निर्वाचन लक्षित सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय झापाले योजना कार्यान्वयन गरिरहेको बुझिएको छ । झापामा ६ लाख ५० हजार २ सय ५८ मतदाता सङ्ख्या रहेको छ । त्यसमा अन्य ९ जना रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो