भत्किएको घरभन्दा नयाँ घर बनाउनुपर्छ: धवलशम्शेर

काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा का महामन्त्री डा।धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा। राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताउनु भयो । उहाँले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो । यो खुसीको होइन, दुःखको दिन हो । जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ ।’

डा। राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन प्रयास गरेको दाबी गर्नु भयो ।

उहाँले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताउनु भएको हो ।

‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ । आन्दोलनको नेतृत्व गरेको थिएँ । पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ । तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन,’उहाँले भन्नु भयो ।

उहाँले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै आफूले छाडेको ‘घर’ अर्थात् पार्टी र त्यहाँ रहेका साथीहरूका विषयमा गुनासो नगर्ने पनि बताउनु भयो। यसैगरी उनले राष्ट्रवादी शक्ति यो देशमा निर्माण गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सबै राष्ट्रियता बोकेका, हिन्दु अधिराज्य खोजेका, यो देशमा भ्रष्टाचार हटाउन खोज्ने सबै एकजुट हुन आह्वान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय