रास्वपा झापाको सभापतिमा ओम भण्डारी , सचिवमा बिरोध

दमक | २४ जेष्ठ | रास्वपा झापाको पहिलो अधिवेशनबाट ओम भण्डारी सभापतिमा चयन हुनुभएको छ ।

 

उहाले ३४१ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो भने उहाका निकटतम प्रतिस्पर्धी लक्षमण बस्नेतले २४७ मत ल्याउनु भयो । यस्तै सभापतिका अर्का प्रत्यासी अर्जुन मैनालीले जम्मा २५ मत मात्र प्राप्त गरेर लज्जास्पद हार बेहेर्नु भएको छ ।

यसैगरी उप सचिवमा पुष्प ढकाल निर्वाचित हुनुभएको छ । उहाले २१० मत प्राप्त गर्दै निर्वाचिर हुनुभएको थियो ।

 

उहाका प्रतिस्पर्धीहरु शान्ता तामाङ , लिला खड्का र देव संग्रौलाले क्रमशः २९८,१११ र ९३ मत प्राप्त गर्नुभयो ।

यसैगरी सचिव पदमा बिरोध सुवेदी निर्वाचित हुनुभएको छ । उहाले २६८ मत प्राप्त गर्दै जित निकाल्दा उहाका प्रतिस्पर्धी रविन खड्काले २३५ मत प्राप्त गर्नुभएको थियो ।

 

यसैगरी सह-सचिवमा २५२ मत ल्याएर भिम कुवर निर्वाचित हुदा उहाका प्रतिस्पर्धीहरु राजेन्द्र खनाल र लक्ष्मी रेग्मीले क्रमशः १९३ र ७४ मत प्राप्त गर्नुभएको थियो ।

चार पदाधिकारी पदमा गएराती अबेर मात्र सुरु भएको मतदानबाट उहाहरु निर्वाचित हुनुभएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कानुनीरुपमै रक्सी प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव

जनकपुर,२४जेठ । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ ।

वार्ड कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई जेल चलान

दमक, २४ जेठ । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाटको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत झापाले पुर्पक्षका

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

दमक, २४ जेठ ।  आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको