दुई वर्षमा ४ अर्बको मास्क नेपाल भित्रियो

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा

Sanitizer gel or antibacterial soap and face mask for Covid-19 coronavirus preventive

 

 

 

काठमाडौं

महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो ।

पहिलो पटक लकडाउन शुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ ।

कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेशहरु जारी गरेका थिए । मास्को प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्को आयात सुरु गरेको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ । सो मुल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो । आर्थिक वर्ष २०७६/७७ (चैतदेखि असारसम्म) मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो ।

नेपालमा बंगलादेश, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, सिंगापुर, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स, अमेरिका, मियतनाम लगायतका देशबाट फेस मास्क आउने गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको