बैठक स्थगित गरेर छलफलको वातावरण बनाउन सभामुखसँग नेकपाको आग्रह

काठमाडौं,२५ जेठ । नेपाल कम्युनिष्ट पार्टीले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताउनु भएको छ ।

यद्यपी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याइनुपर्ने, संसदको अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने तथा प्रधानमन्त्रीले त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षको अडान यथावत रहेको बताउनु भएको छ ।
पुनले सत्ता पक्षबाट समस्या समाधानका लागि विभिन्न विकल्पहरू सकारात्मक रूपमा आएको भएपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्नु भएको छ।

उहाँले भन्नु भयो, ‘संसद नियमित चलोस् भन्नेमा प्रतिबद्धता छ, हाम्रो आफ्नो धारणा छ । प्रधानमन्त्रीको यो विषय सच्यिनुपर्छ । संसदको रेकर्डबाट हट्नुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षको अडान कायम छ । सत्ता पक्षबाट पनि विभिन्न अप्सनहरू सकारात्मक नै आएका छन् तर निष्कर्षमा पुग्न नसकिएको हुनाले केही समय बैठक रोकेर सभामुखले छलफलको वातावरण बनाइदिन आग्रह गर्छु।’

 

 

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय