सांसद ओलीको प्रश्न : सीमाबारे परराष्ट्रमन्त्री मौन किन ?

काठमाडौं, जेठ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’

उहाँका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ । उहाँले नेपाली पक्षबाट जारी गरिएका प्रेस विज्ञप्तिमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको दाबी गर्नुभयो ।

सांसद ओलीले दिल्ली भ्रमणपछि काठमाडौं फर्किएर जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै कुरा समावेश नभएको उल्लेख गर्नुभयो । साथै, पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन मन्त्री बाध्य भएको उहाँको भनाइ थियो ।

उहाँले भन्न्ुा भयो, ‘यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौं फर्किएपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पत्रकारले पछि सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनुभएन। खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगी पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभयो ।’

उहाँले संसदमा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी केवल नियमित सीमा व्यवस्थापन, जस्तै जंगी पिल्लरको व्यवस्थापन र बैठकजस्ता विषय मात्र उठाएको टिप्पणी गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन