परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

काठमाडौं,२९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने लाग्नु भएको ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न लाग्नु भएको हो ।

भ्रमणका क्रममा उहाँले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । साथै उहाँले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्नेु हुनेछ ।

भ्रमण अवधिमा मन्त्री खनालले नेपाल दूतावास, बेइजिङद्वारा आयोजना गरिने लगानी सम्मेलनमा समेत सहभागिता जनाउनु हुनेछ । उक्त सम्मेलनमा उहाँले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उहाँले दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागिता जनाउँदै चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनाल १७ जुनमा काठमाडौँ फर्किनु हुनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय