झापा/ एघारौं वार्षिक उत्सवको अवसर पारेर आज झापाको दमकमा विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले नेपाल रेडक्रस सोसाइटी दमक सँगको प्राविधिक सहकार्यमा खुला रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
दमक ६ स्थित कार्यालय रहेको उक्त सहकारी संस्थाले आफ्नै कार्यलय अगाडि दमकको गणतन्त्र चोकमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका व्यवस्थापक हरी प्रसाद दाहालका अनुसार ६३ जना सहभागि रक्तदाताबाट ६३ पाउण्ड रगत संकलन भएको छ ।
यसरीनै आगामी वर्षहरुमा पनि समाजमा टेवा पुर्याउने हेतुले सामाजिक कार्यहरुमा संस्थाले सहयोग गर्ने संस्थाका अध्यक्ष अशिम राइले प्रतिवद्धता गर्नुभएको छ । हाल बिभिन्न अस्पतालहरुमा रगतको अवाभ भइरहेको अवस्थामा वार्षिक उत्सवको पारेर गरिएको रक्तदान कार्यक्रमले धेरै मानिसको ज्यान बचाउन मद्दत पुग्ने अध्यक्ष राइले बताउनु भयो ।