दमकका फूड फेस्टिबल

दमकमा फूड फेस्टिबल हुने, जातीय परिकार प्रर्वधन गर्न निशुल्क स्टल, प्रकाश सपुत सहितका कलाकार पनि आउने

दमक/
झापाको दमकमा आठौ फूड फेस्टिबल हुने भएको छ ।
यहि चैत्र २३ गते देखी २९ गते सम्म दमक ७ स्थित पशुहटमा फूड फेस्टिबल हुने आईतबार आयोजीत पत्रकार सम्मेलन मार्फत जनाइएको छ । दमककमा बसोबास गर्ने विभिन्न जातजातीको जातिय परिकारको स्वाद चखाउँदै त्यसको प्रवर्धन गर्न र विषेश गरि दमक अर्गानिक खाना पाउने हव हो भन्ने कुराको सन्देश दिन फूड फेस्टिलको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनका क्रममा कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी गराउनु दिनुभयो ।


१० देखी १५ वटा विभिन्न जातका जातीय परिकारका स्टल साथै अन्य विभिन्न स्वादका परिकार तथा केहि व्यवसायीक गरि ४० देखी ५० वटा स्टल फेस्टिबलमा हुने छन् । जतीय परिकारको स्टल राख्न कुनै शुल्क नतोकिएको अर्थात निशुल्क उपलब्ध गराइने पत्रकार सम्मेलनमा जनाइएको छ । दमकम धिमाल, लिम्बु, राई, सतार, राजंबशी लगायतका विभिन्न आदिवसीको बसोबार रहेको छ ।

यो फेस्टिबलले पूर्वि क्षेत्रको पर्यटकीय पर्वधनमा पनि योगदान दिने आयोजकको दावि छ । होटल व्यवसायी सघं दमकको आयोजनामा हुन लागेको फेस्टिबलले दमक क्षेत्रको प्रर्वधन गर्नपनि मद्यत पुग्ने विस्वास गरिएको छ । विभिन्न राष्ट्रिय स्तरका कलाकारका साथमा फेस्टिवल सञ्चालन गरिने पत्रकार सम्मेलनमा सघंका अध्यक्ष योगराज दंगालले जनकारी दिनु भएको छ ।

उहाँका अनुसार फूड फेस्टिबलमा स्थानीय जातीय झाँकीका साथै राष्ट्रिय स्तरका कलाकारहरु ज्योती मगर, प्रमोद खरेल, प्रकाश सपुत, लाहुरे, मेलिना राई, एकदेव लिम्बु, धिरज राई लगयतको उपस्थित हुने जनाइएको छ ।
करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने दावि आयोजकले गरेको छ । फेस्टिलमा २५ लाख बढिको आर्थीक करोबार गर्ने लक्ष्य राखीएको छ । दमकमा २०७१ सालदेखी फूड फेस्टिबल हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा