सरकार फेर्न होइन, राजनीतिक संस्कार परिवर्तन गर्न आएका हौँः अर्थमन्त्री वाग्ले

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताउनु भएको छ।
आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उहाँले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताउनु भएको छ ।
उहाँले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो,‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ । हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ।’

 

उहाँले नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थालेपछि परिवर्तनको चाहना विद्रोहमा परिणत भएको र त्यसैको लोकतान्त्रिक आवाजका रूपमा रास्वपा स्थापित भएको बताउनु भएको छ। उहाँले विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गर्नु भएको छ। उहाँका अनुसार निर्वाचनहरू नियमित भए पनि उत्तरदायित्व कमजोर रह्यो, संविधान बने पनि संस्थाहरू बलिया हुन सकेनन्, राज्यको आकार बढे पनि क्षमता विस्तार हुन सकेन।

 

उहाँले पार्टी अब आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको यात्रामा रहेको उल्लेख गर्दै नयाँ पुस्ताले केवल प्रश्न मात्र होइन, उत्तर दिन, शासन चलाउन र परिणाम दिन सक्ने क्षमता प्रदर्शन गर्नुपर्ने बताउनु भएको छ। रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले नागरिकको प्रतिभा, क्षमता र परिश्रम सफलताको आधार बन्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले युवाले अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान र श्रमिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने नेपाल निर्माण गर्नुपर्ने बताउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस