रास्वपाले प्राप्त गरेको जनमतलाई राष्ट्र निर्माणमा सदुपयोग गर्नुपर्छः प्रदीप ज्ञवाली

काठमाडौं,७ असार । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताउनु भएको छ । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ । उहाँले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

 

उहाँले भन्नु भयोे, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिने छ, यो प्रश्न सबैका सामु छ । किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्त्व हुन्छ । तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ । आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु ।’

 

ज्ञवालीले रास्वपाले छोटो समयमै असाधारण जनसमर्थन हासिल गरेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूले पनि त्यसबाट सिक्नुपर्ने बताउनु भएको छ । उहाँले युवाहरूलाई आकर्षित गर्ने र राजनीतिक सहभागितामा जोड्ने रास्वपाको प्रयास प्रशंसनीय रहेको धारणा राख्नु भएको छ । उहाँले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता तथा उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्ने सुझाव दिनु भएको छ। प्राप्त जनादेशको सही सदुपयोग भएमा लोकतन्त्र बलियो बन्ने र गलत प्रयोग भए जोखिम उत्पन्न हुनसक्ने चेतावनी पनि उहाँले दिनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ । राज्य केवल हुनेखानेका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस्, मेरो धेरै–धेरै शुभकामना छ ।’ ज्ञवालीले वर्तमान भू–राजनीतिक परिस्थितिमा नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानीपूर्वक कदम चाल्नुपर्ने बताउनु भएको छ । भारत र चीनसँगको सम्बन्ध तथा क्षेत्रीय जटिलताबीच सन्तुलित कूटनीति आवश्यक रहेको उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘अहिलेको भू–राजनीतिक जटिलताबीच नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानी अपनाउनुपर्छ । भारत र चीनजस्ता छिमेकीसँगको सम्बन्धमा सन्तुलित कूटनीति कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न आवश्यक छ ।’ उहाँले सरकारका केही प्रारम्भिक निर्णय र गतिविधिबाट प्रश्नहरू उठेको उल्लेख गर्दै लोकतान्त्रिक संस्था, संसद, न्यायालय र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। लोकतन्त्रको आधारभूत मूल्य कमजोर हुने कुनैपनि गतिविधि जनमतका लागि चुनौती बन्न सक्ने उहाँको भनाइ थियो ।

 

काम गर्ने उत्साह आवश्यक भए पनि त्यसमा सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक हुने’ उदाहरण प्रस्तुत गरे। उहाँले रास्वपाले लोकतन्त्र, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा पुष्टि गर्नुपर्नेमा जोड दिनु भएको छ । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै ज्ञवालीले यसले पार्टीका लागि मात्र नभई देश र जनताका लागि पनि भरोसा जगाउने विश्वास व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस