रास्वपा महाधिवेशन

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको हो । केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

 

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहनु भएका पोखरेल रास्वपाको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुनुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

काठमाडौं,१३ असोज । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि