गणतन्त्रमाथिको कपटपूर्ण प्रहारप्रति नेकपा सचेत छः सांसद दुलाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताउनु भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सतर्क हुनुपर्ने धारणा राख्नु भएको छ।

 

उहाँले भन्नु भयो,‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं।’ दुलालले आफ्नो पार्टीको संसदीय उपस्थिति सानो भए पनि विचारका हिसाबले आफूहरू बलियो रहेको दाबी गर्नु भएको छ। सही विचारले समयसँगै विकास हुँदै समाजलाई प्रभाव पार्न सक्ने उहाँको भनाइ थियो।

 

‘चुनाव जितेर आउने संख्या सानो भए पनि हामी विचारको बीउ हौं। विचार सही भए, विचारको समयसापेक्ष विकास भई सिंगो समाजलाई प्रभाव पार्न सक्छ,’ उहाँले भन्नु भयो। उहाँले पछिल्लो निर्वाचनको परिणामलाई स्थायी हारका रूपमा नलिन आग्रह गर्दै आफ्नो पार्टी पुनः सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गर्नु भयो।

‘यो पटक हामी आवधिक चुनावमा तपाईहरूसँग हारेका हौं। सधैंका लागि हारेका होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं,’ उहाँले बताउनु भयो। उहाँले अहिलेको व्यवस्थाप्रति पूर्वग्राही दृष्टिकोण लागू गर्ने दुस्साहस गरे देशमा फेरी द्वन्द्व सृजना हुने चेतावनी दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि