प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि एमालेको गम्भीर आपत्ति

काठमाडौं,१४ असार । नेकपा एमालेका सांसद पुष्पराज कडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसका लागि माफी माग्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्नु भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठमा बोल्दै उहाँले भविष्यमा नेपाल–भारतबीच सीमा सम्बन्धी वार्ता भए प्रधानमन्त्रीको यही अभिव्यक्ति नेपालविरुद्ध प्रमाण हुनसक्ने बताउनु भएको छ।

उहाँले भन्नु भयो, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधामन्त्रीले देशसँग माफी माग्नु पर्दछ । हामीले यो कुरा किन उठाइरहेको छौं भने कुनै दिन दुई पक्षबिच वार्ता भयो भने प्रधानमन्त्रीको भनाई नेपालको विद्धको प्रमाण हुन सक्छ ।’ उहाँले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसले गम्भीर प्रश्न उठाएको बताउनु भयो । उहाँले प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग उक्त दाबीको प्रमाण पेश गर्न, माफी माग्न वा संसद्को रेकड्बाट अभिव्यक्ति हटाउन माग गरिरहेको उल्लेख गर्नु भएको छ।

कडेलले सम्बन्धित पक्षले समेत नउठाएको विषय प्रधानमन्त्रीले संसदमा उठाउनु गम्भीर षड्यन्त्रको संकेत हुन सक्ने दाबी गर्नु भयो। उहाँले भन्नु भयो, ‘कहिं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै देशको प्रधानमन्त्रीले संम्वन्धीत पक्षले समेत नभनेको र अहिलेसम्म कतै नउठेको नेपालले भारतको भूमि मिचेको छ भन्ने संसदमा बोल्ने कुराले गम्भीर षड्यन्त्रको संकेत गर्दछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी