प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ सदनबाटै आउनुपर्छः सांसद राई

काठमाडौं,१४ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो,‘सदनमा विरोधक लागि विरोध गरेको होइन । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ । त्यसको सुनवाइ अहिलेसम्म पनि भएन । के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो ? राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,’ तर यदी राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने हटाइयोस् । चितवनबाट उहाँको उत्तर चाहेको होइन् हामीले यो सदनबाट उत्तर खोजेका हौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास