टाइफाइड विरुद्धको खोप

चैत २५ देखि वैशाख १८ गतेसम्म देशभरी नै टाइफाइड विरुद्धको खोप लगाइदै

images

काठमाण्डौं/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिशत रोग लाग्नबाट बचाउन सकिन्छ । यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ।

टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वरो वा म्यादी ज्वरो पनि भनिन्छ । टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो । सङ्क्रमणको छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन् । टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ ।

त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन् । सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत