प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार दिएको उल्लेख गर्दै उक्त व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भएको छ।

 

प्रधानमन्त्रीलाई लक्षित गर्दै उहाँले भन्नु भयो, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको पक्षमा गम्भीर हुन सिक्नुस् प्रधानमन्त्रीज्यू।’ उहाँले सांसदहरूले सरकारलाई खबरदारी गर्नु मात्र नभई सरकारलाई सफल र बलियो बनाउन पनि भूमिका खेल्ने बताउँदै संसदप्रति सरकारको उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गर्नु भएको छ। सिद्धिकीले वर्तमान सरकारले गरेका काम शतप्रतिशत सफल भएको दाबी गर्न नसकिने भन्दै जनताले पाउनुपर्ने मौलिक हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनमा सरकार चुकेको आरोप लगाउनु भयो।

 

उहाँले भन्नु भयो, ‘हाल सरकारले गरेका सबै काम १०० प्रतिशत सफल छन् त ? जनताले पाउनुपर्ने मौलिक हकको पूर्ण प्रत्याभूति भएको छ त ? एउटा सांसदको दृष्टिले हेर्दा सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यअनुसार अघि बढिरहेको देखिँदैन।’ उहाँले एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको अनुसन्धानको प्रसंग उठाउँदै पर्याप्त प्रमाणबिना म्याद थप्दै अनुसन्धान गर्नु उचित नभएको दाबी गर्नु भयो। प्रमाण फेला नपरे सरकारले उहाँको सम्मान र मानहानीको जिम्मेवारी लिन सक्ने हो कि होइन भन्ने प्रश्न पनि उहाँले गर्नु भएको छ। उहाँले भन्नु भयो्, ‘प्रमाणबिना म्याद थप्दै अनुसन्धान अघि बढाउनु उचित होइन। यदि कुनै प्रमाण फेला परेन भने उहाँको सम्मान र मानहानीको जिम्मेवारी सरकारले कसरी लिन्छ ?’ सिद्धिकीले प्रधानमन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै ती भनाइ देशको हितअनुकूल नरहेको दाबी गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।