पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै उहाँले पासपोर्ट छपाइ तथा खरिद प्रक्रिया सम्बन्धी विषयमा बाहिर आएका समाचारहरूले देशमा सुशासन र कानुनी शासन माथि प्रश्न उठाएको बताउनु भयो । उहाँले कुनै पनि अनियमितता भएको प्रमाणित भएमा दोषी जोसुकै भए पनि पद वा पहुँच जस्तोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने स्पष्ट पार्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘पासपोर्ट छपाइका सन्दर्भमा जोडेर जेजस्ता विषय र घटनाहरू बाहिर आएका छन्, यसले देशमा सुशासन र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठाएको छ । नेपाली कांग्रेस स्पष्ट पार्न चाहन्छ, पासपोर्ट छपाइ खरिदमा कुनै पनि अनियमितता भएको छ भने जोसुकै भए पनि, हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली वा पदशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ । निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ ।’ बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै बन्धकजस्तो बनाएर धम्की दिइएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति पनि चिन्ता व्यक्त गर्नु भयो । उहाँले प्रधानमन्त्रीले समेत उक्त विषय स्वीकार गरेको दाबी गर्दै यस्तो परिस्थितिमा संवैधानिक निकायले निष्पक्ष रूपमा काम गर्न सक्ने वातावरण कमजोर हुने टिप्पणी गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘केही दिनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायत प्रधानमन्त्री कार्यालयमा बन्धक जस्तो बनाएर राखिएको र थर्काइएको कुरा सञ्चार माध्यममा आयो। हामीले सदनमा प्रश्न उठायौँ, तर पछि स्वयं प्रधानमन्त्रीज्यूले चितवनको सभामा त्यो कुरालाई आफैँ स्वीकार गर्नुभयो। हाम्रो संविधानले अख्तियारजस्तो संस्थालाई शक्तिशाली र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको छ। यसको मर्म भनेको अख्तियारले सरकार र सबैमाथि निडरका साथ छानबिन गर्न सकोस्, चाहे ती प्रधानमन्त्री हुन् या, पूर्वप्रधानमन्त्री कसैको छायाँमा नपरोस्। तर प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक निकायका प्रमुखलाई बन्धक बनाएर थर्काउने अवस्था सिर्जना गरेपछि, अब यस्तो अख्तियारले प्रधानमन्त्री र सरकारले गरेका कामको निष्पक्ष छानबिन कसरी गर्न सक्छ ?’

 

उहाँले प्रधानमन्त्रीका सल्लाहकारहरूकै कारण संवैधानिक निकाय माथि दबाब सिर्जना भएको आरोप लगाउँदै सरकारको कामकारबाहीमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नु भएको छ। त्यस्तै, पासपोर्ट छपाइ सम्झौता खारेज गरी पुरानै कम्पनीलाई महँगो दरमा काम दिन दबाब दिइएको भन्ने समाचारप्रति पनि उहाँले आपत्ति जनाउनु भएको छ । यसले भ्रष्टाचारको संकेत गर्ने भन्दै उहाँले सरकारले यस विषयमा गम्भीर छानबिन गर्नुपर्ने माग गर्नु भएको छ। सांसद बुढाले सरकारलाई संविधान र कानुनअनुसार चल्न आग्रह गर्दै सुशासनको नाममा अनियमितता र शक्तिको दुरुपयोग स्वीकार्य नहुने चेतावनी समेत दिनु भएको छ । उहाँले पासपोर्ट खरिद प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाही हुनुपर्नेमा आफ्नो पार्टीको समर्थन रहने स्पष्ट पार्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।