विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताउनु भएको छ्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयक माथिको छलफलमा भाग लिँदै उहाँले सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रक्रिया भएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था आवश्यक रहेको बताउनु भयो।

 

उहाँले नेपाल ग्रे लिस्टमा परेकाले आतङ्कवादी गतिविधि तथा अन्य गैरकानुनी स्रोतबाट आएको धनलाई वित्तीय प्रणालीमा प्रवेश गर्न रोक्न प्रभावकारी कानुन आवश्यक भएको उल्लेख गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी तवरले कमाएको धनलाई वैध गराउने प्रक्रिया हो। त्यसलाई रोक्न यो विधेयक आवश्यक छ, किनभने हाम्रो देश ग्रे लिस्टमा परेको छ। आतङ्कवादी गतिविधि वा अन्य गैरकानुनी माध्यमबाट आर्जन गरिएको धनको वित्तीय लगानी रोक्न हाम्रो व्यवस्था कमजोर देखिएको छ। त्यसलाई नियन्त्रण गर्न नै यो विधेयक ल्याइएको हो।’

 

सांसद शर्माले सरकारले सम्पत्ति शुद्धिकरण विभाग गठन गरिसकेको र यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियामक निकायहरूले यस क्षेत्रमा काम गर्दै आएको स्मरण गराउँदै नयाँ विभागको प्रयोग निष्पक्ष हुने वा राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधको माध्यम बन्ने भन्ने आशंका पनि उठिरहेको बताउनु भयो। उहाँले यस्तो संवेदनशील विधेयकलाई सम्बन्धित समितिमा पठाएर विस्तृत छलफल, आवश्यक संशोधन तथा सर्वसम्मत सहमतिका आधारमा अघि बढाउनु उपयुक्त हुने धारणा राख्नु भयो।

 

उहाँले भन्नु भयो, ‘सम्पत्ति शुद्धिकरण विधेयकलाई समितिमा पठाएर अझ विस्तृत छलफल गरी परिमार्जनसहित ल्याइएको भए राम्रो हुन्थ्यो। अहिले हतारहतारमा यसलाई पारित गर्न खोजिएको छ। यस्तो संवेदनशील विधेयकलाई सर्वसम्मत ढङ्गले अघि बढाउनु उचित हुन्छ।’ शर्माले सरकारले पर्याप्त छलफल नगरी विधेयकलाई आजै पारित गर्ने गरी कार्यसूचीमा राखेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नु भयो। उहाँले समितिमा गहन छलफल गरेर विधेयकलाई परिमार्जन सहित अघि बढाउनुपर्नेमा जोड दिइनु भयो।

 

साथै, उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने प्रक्रियामा सरकारले पर्याप्त सक्रियता नदेखाएको आरोप लगाउँदै सम्बन्धित अन्तर्राष्ट्रिय निकायले दिएको समयभन्दा थप समय मागि रहनुले देशलाई झन् पछाडि धकेल्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नु भएको छ। ‘देशलाई ग्रे लिस्टबाट हटाउन सम्बन्धित निकायले दिएको समयभन्दा पनि थप समय मागेर हामी देशलाई अझ पछाडि धकेलिरहेका छौं,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।