बालेन शाह नेतृत्वको सरकारको १०० दिनः उपलब्धिहरू सार्वजनिक

काठमाडौं,२० असार । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले एक सय दिनमा गरेका उपलब्धिका कामहरु सार्वजनिक गर्नु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत उपलब्धिहरु सार्वजनिक गरिएको हो । उपलब्धि सार्वजनिक गर्दै मन्त्री पोखरेलले सरकार गठनसँगै सार्वजनिक प्रशासनलाई प्रभावकारी र जवाफदेही बनाउने उद्देश्य अनुसार विभिन्न संरचनागत तथा कानुनी सुधार अघि बढाइएको बताउनु भएको छ ।

 

उहाँले संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था भए पनि सरकारले आफ्नो प्रतिबद्धता अनुसार मन्त्रिपरिषद्लाई १७ सदस्यीयमा सीमित गरेको जानकारी दिनु भएको छ । उहाँले मन्त्रालयको संरचनालाई घटाएर १८ मन्त्रालयमा सीमित गरिएको छ भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय थपेको जानकारी दिनु भयो । यसबाट राज्यलाई वार्षिक करिब २० अर्ब रुपैयाँ बराबर बचत हुने सरकारको अनुमान रहेको उहाँले बताउनु भयो ।

 

मन्त्री पोखरेलले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र जवाफदेही बनाउन निजामती सेवामा रहेको दलगत ट्रेड युनियन व्यवस्था अन्त्य गर्ने उद्देश्यले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, २०८३ ल्याइएको र त्यसअनुसार निजामती सेवा ऐन, २०४९ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘सार्वजनिक प्रशासनलाई प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश २०८३ ल्याएका थियौं । सो बमोजिम निजामती २०४९ मा रहेको ट्रेड युनियन सम्बन्धी खारेज गरिएको छ ।’

 

त्यसैगरी, सार्वजनिक खर्चको अधिकतम प्रतिफल सुनिश्चित गर्न सार्वजनिक खरिद प्रणालीमा पनि सुधार अघि बढाइएको उहाँले बताउनु भयो । उहाँका अनुसार सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा दर्ता गरिएको छ । जसले खरिद प्रक्रियालाई थप पारदर्शी, स्वच्छता र प्रभावकारी बनाउने अपेक्षा गरेको गरिएको छ । विधेयकमा मालसामान, औषधि तथा सूचना प्रविधिजस्ता अत्यावश्यक र संवेदनशील वस्तुको खरिदका लागि विशेष कार्यविधि मार्फत प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको मन्त्री पोखरेलले जानकारी दिनु भयो । उहाँले हुम्ला र भोजपुर बाहेक ७५ वटा जिल्लामा राहदानी घरदैलोमै पुर्याइने व्यवस्था सुरु गरिएको जानकारी दिनु भएको छ । हाल सम्म २ लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेको उहाँले जानकारी दिनु भएको छ । जसमार्फत ५ हजार ७२८ थान राहदानी सेवा ग्राहीको घरदैलोमा पुगेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कनकाई नदीबाट बालकको जीवितै उद्धार, अवस्था गम्भीर

झापा,२० असार।झापाको कनकाई नदीमा बग्दै गरेका एक बालकको स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ। शनिबार दिउँसो २ बजे कनकाई नगरपालिका–२ भुरुङ्गास्थित नदीमा बग्दै गरेका

बालेन शाह नेतृत्वको सरकारको १०० दिनः उपलब्धिहरू सार्वजनिक

काठमाडौं,२० असार । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले एक

सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका १०० कार्य सूचीको प्रगति विवरण

काठमाडौं,२० असार । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको

प्रतिबद्धता एकातिर, व्यवहार अर्कोतिर– सुदन किराँती

काठमाडौं,२० असार । सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजना कार्यान्वयनको प्रभावकारिता माथि विभिन्न प्रश्न उठिरहेको छ । योजनाका धेरै बुँदामा अपेक्षित प्रगति नदेखिएको भन्दै जनता

सरकारको १०० दिन निराशाजनक र विवादास्पदः महर

काठमाडौँ,२० असार । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले

इन्धनको मूल्य घटेपछि बजार मूल्य समायोजन गर्न विभागको आग्रह

काठमाडौं,२० असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको