पहिचानको सम्मान

इलाममा रैथाने भाषा सरकारी कामकाजको माध्यम बन्दै

इलाम,२३ असार । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदै भाषिक समावेशीकरणको अभ्यासलाई तीव्रता दिएका छन् । यसै क्रममा जिल्लाको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ भने माङसेबुङ गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषालाई पनि सरकारी मान्यता दिने निर्णय गरेको छ ।

 

स्थानीय बासिन्दाको पहिचान र मातृभाषाको सम्मान गर्दै यी पालिकाहरूले आफ्ना नीति तथा कार्यक्रम मार्फत ऐतिहासिक कदम चालेका हुन् । चुलाचुली गाँउपालिकाले गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रममा लिम्बू भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । भाषा कार्यान्वयनलाई कानुनी रुपमै स्थापित गर्न पालिकाले ‘लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३’ समेत पारित गरिसकेको छ ।

 

अध्यक्ष केरुङले भन्नु भयो, ‘यस निर्णयले यहाँका मातृभाषीहरूको सम्मान हुनुका साथै रैथाने भाषाको संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुग्नेमा हामी विश्वस्त छौं ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार चुलाचुलीमा नेपाली भाषापछि सबैभन्दा धेरै २३.०२ प्रतिशत नागरिक लिम्बू भाषा बोल्छन् भने तेस्रो स्थानमा १०.८० प्रतिशत वान्तवा भाषी रहेका छन् ।उता, गत जेठ १२ गतेदेखि नै लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइसकेको माङसेबुङ गाउँपालिकाले अर्को महत्त्वपूर्ण कदम चाल्दै वान्तवा भाषालाई पनि कामकाजको भाषा बनाउने भएको छ । गाँउपालिकाले गाउँसभाको १८ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष हेमन्त राईले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । माङसेबुङमा जनगणना २०७८ अनुसार ४१.६७ प्रतिशत लिम्बू र २३.५९ प्रतिशत वान्तवा भाषा बोल्ने नागरिक छन् ।

 

मातृभाषामा सरकारी सेवा लिन आउने सेवाग्राही र कार्यालय बीचको दूरी मेटाउन माङसेबुङले व्यावहारिक तयारी समेत गरेको छ । पालिकामा यसअघि नै एक जना लिम्बू भाषाको दोभाषे कर्मचारी कार्यरत छन् भने आगामी वर्षदेखि वान्तवा भाषाका लागि पनि एक जना दोभाषे कर्मचारी नियुक्त गरिने अध्यक्ष राईले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक

२.४ अर्ब डलर सहयोग गर्ने एडिबीको घोषणा,६० वर्षे साझेदारी थप सुदृढ बनाइने

काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ। नेपाल भ्रमणमा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त

काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा।खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्

विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति

काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग

काठमाडौं ,२३ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित