सतर्क रहन आग्रह

लगातारको वर्षाले सप्तकोशीमा बाढीको जोखिम

इटहरी,२८ असार । पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो।

 

यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम झनै बढ्न सक्ने सम्भावना छ। सामान्यतया सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने र रातो झन्डा फहराउने गरिन्छ।

जलसतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोकाहरू क्रमशः खोल्ने क्रम जारी राखिएको छ।
बाढीको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुनसरी, सप्तरी र उदयपुरका नदी तटीय एवं तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन सचेत गराएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास