कमल खेतीले बदलियो चिनियाँ सहर सुजाउको अर्थतन्त्र

काठमाडौं,२८ असार । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ । सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पु¥याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ ।

 

७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो । अहिले उचित व्यवस्थापन गर्न सके यही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ । अर्की किसान लिन सियाओवानले कमलका फूल बिक्री गरेर दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताउनु भयो । उत्पादन लागत कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उहाँको भनाइ छ ।

 

कमलको व्यवसाय केवल खेती र बिक्रीमा सीमित छैन । पर्यटकहरूले डुंगामा सयर गर्दै कमलबाट बनेका परिकार तथा पेय पदार्थको स्वाद लिनुका साथै कमल विषयवस्तुमा आधारित हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने अवसर पनि पाउँछन् । यसले स्थानीय पर्यटन व्यवसायलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाएको छ । नान्जिङबाट घुम्न पुग्नु भएकी एक पर्यटकले सुजाउको कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइनु भयो। उहाँका अनुसार कमलले भरिएको वातावरण गर्मीयामका लागि निकै आकर्षक र ताजगीपूर्ण अनुभव बनेको छ ।

 

स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ । सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सीसीटीभी

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ