लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य

काठमाडौं,२८ असार । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताउनु भएको छ । वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताउनु भएको छ् ।
आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उहाँले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताउनु भएको छ।

 

आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरिकहरू यतिबेला झन् ठूलो अभाव, मानसिक तनाव र विस्थापनको त्रासमा छन् उल्लेख गर्नु भएको छ्। उहाँले राज्यकै आश्रयस्थलमा रहेका नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्क्याउने तथा भोकमरीको जोखिममा धकेल्ने कार्य निन्दनीय र अमानवीय भएको टिप्पणी गर्नु भएको छ। साथै, लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता होइन, भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाउनु भएको छ।

 

आचार्यले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारसँग माग गर्नु भएको छ्। उहाँले पहिले व्यवस्थापन, अनि विस्थापनको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै वैकल्पिक बसोबास, पुनस्र्थापना र जीविकोपार्जनको सुनिश्चितता पछि मात्रै प्रभावित नागरिकलाई स्थानान्तरण गर्नुपर्ने बताउनु भएको छ।

 

उहाँले नागरिक माथि बल प्रयोग गर्ने तथा मानवअधिकार विपरीतका सबै गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गर्नु भएको छ्। आचार्यले सरकारको ध्यानाकर्षण गराउँदै नागरिकका आधारभूत आवश्यकता र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दा गम्भीर सामाजिक असन्तोष उत्पन्न हुन सक्ने चेतावनी दिनु भएको छ। उहाँले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वतन्त्र छानबिन गर्न सहयात्रा इन्टरनेसनलको माग

टोरन्टो,२८ असार । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन

सरकारको नीति र सुकुम्बासी दमनविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन

काठमाडौं,२८ असार । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासी माथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य

काठमाडौं,२८ असार । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताउनु भएको छ । वर्तमान सरकारका गतिविधिप्रति

दुर्गा प्रसाईँ विमानस्थलबाट नियन्त्रणमा, निवास पुर्याएर छाडियो

काठमाडौं,२८ असार। राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ । आइतबार

कमल खेतीले बदलियो चिनियाँ सहर सुजाउको अर्थतन्त्र

काठमाडौं,२८ असार । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले

३ प्रतिशत ’समता शिक्षा सेवा शुल्क’ खारेज गर्न निजी विद्यालयहरूको माग

काठमाडौं,२८ असार । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३ / ८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज