जन्मदिनलाई बनाइन् मानवताको उत्सव

आमाबुबाको स्मृतिमा ३२ वेवारिसेलाई भोजन

दमक, २९ असार । धेरैले जन्मदिनलाई केक काटेर, शुभकामना साटेर वा रमाइलो गरेर मनाउँछन्। तर दमककी एक महिलाले आफ्नो जन्मदिनलाई मानवसेवाको अवसरमा रूपान्तरण गर्दै दिवंगत आमाबुबाको स्मृतिमा ३२ जना वेवारिसे नागरिकलाई भोजन गराउनु भएको छ। दमक–१ निवासी हार्डवेयर व्यवसायी डम्बर खड्काकी श्रीमती भगिमाया थापा खड्काले आफ्ना स्वर्गीय आमा छलिमाया थापा र बुबा कृष्णबहादुर थापाको स्मृतिमा दमक–२ स्थित मानव उद्धार सेवा आश्रम पुगेर त्यहाँ आश्रित ३२ जना वेवारिसे तथा असहाय व्यक्तिलाई स्वादिष्ट भोजन गराउनु भयो । गत शनिबार साँझ उहाँले जन्मदिनलाई व्यक्तिगत खुसीमा सीमित नराखी, आफूलाई जन्म दिने आमाबुबाको सम्झनामा समाजका अभावग्रस्त र बेसहारा नागरिकसँग खुसी बाँड्ने निर्णय गर्नुभएको थियो । आश्रममा पुगेर आफ्नै हातले भोजन गराउँदा त्यहाँका आश्रितहरू पनि भावुक र हर्षित बनेका थिए।

भगिमायाका श्रीमान् डम्बर खड्काले जन्मदिनको अवसरमा यस्तो अर्थपूर्ण सामाजिक कार्य गर्ने सोच ल्याएकोमा श्रीमतीप्रति आभार व्यक्त गर्नुभएकोछ। उहाँले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
मानव उद्धार सेवा आश्रममा हाल ३२ जना वेवारिसे तथा असहाय नागरिकले आश्रय लिइरहेका छन्। उनीहरूका लागि एक छाक भए पनि माया, सम्मान र आत्मीयतासहितको भोजन उपलब्ध गराउन पाउँदा आफू अत्यन्त खुसी भएको भगिमाया थापा खड्काले बताउनु भयो । सानो देखिने यस्ता मानवीय कार्यले समाजमा सहानुभूति, सेवा र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले