कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

 

कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँलाई अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराईलाई नियुक्त गरेको छ । प्रेस रजिस्ट्रार सिफारिस समितिको सिफारिसका आधारमा भट्टराई नियुक्त हुनु भएको हो । रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएका मध्ये ७ जना अन्तरबार्तामा सहभागी भएका थिए । अन्तरवार्तामा भट्टराई सहित गोपाल काफ्ले , देवेन्द्र कार्की , बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी हुनु भएको थियो ।

 

मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका ७ सदस्यहरू पनि नियुक्त गरि प्रतिष्ठानलाई पूर्णता दिएको छ । सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल ( सुनसरी ), रमेशचन्द्र अधिकारी (धनकुटा ), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा ), माला पालुङ्वा (ताप्लेजुङ ), रेणु पराजुली ( उदयपुर ) हुनुन्छ । आन्तरिक मामिला तथा कानुन मन्त्राालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष पदेन गरि ११ सदस्य हुने व्यवस्था छ ।

 

प्रतिष्ठानले मुख्यगरि कोशी प्रदेशमा सञ्चालन हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता , नविकरण, अनुगमन तथा अभिलेखिकरण, सञ्चार माध्यमको विकास र प्रवद्र्धन तथा कोशी प्रदेशका पत्रकार र प्रदेश भित्रका सञ्चार माध्यमका रहेका जनशक्तिको हित बृद्दी गर्ने काम गर्ने ऐनमा ब्यवस्था छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास