कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त गरेको हो। सरकारको निर्णय अनुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त हुनुभएको छ । यसैगरी, प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको छ।

गठित प्रतिष्ठानको सदस्यहरूमा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा(ताप्लेजुङ), रेणु पराजुली(उदयपुर), विष्णुप्रसाद पोखरेल(झापा), अर्जुन राजबंशी(झापा) र ध्रुब ढकाल(सुनसरी) रहनु भएको छ्। कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो। स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवद्र्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोशी प्रदेश सभाले यो ऐन बनाएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले