तेह्रथुम — जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै लुकाएर राखिएका हतियार प्रहरीलाई बुझाउन सूचना जारी गरेको छ ।
प्रशासनले सार्वजानिक सूचना जारी गर्दै इजाजत प्राप्त तथा अन्य घरेलु हतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचनका बेला शान्ति सुरक्षामा असर नपरोस् भनेर सर्वसाधरणलाई हतियार बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले जानकारी दिए ।
प्रशासनले हतियार बुझाउने समयसिमा चैत्र मसान्त सम्मलाई तोकेको छ । तोकिएको समयमा हतियार नबुझाए कारावाही गरीने प्रशासनले जनाएको छ ।