औषधि किन्दा १० प्रतिशत छुट

बाजुरामा औषधिमा दश प्रतिशत छुट दिइने

4px-BW84_n0DnXqirQictfqu6BdNQMvrOxn7gEACGt8y1NYl4bWeaYVi7nup-KDeXmmVCpiCpHh5DswJPjfANPC9yVr8t-n_VZCiAttUrRolYqQm601nFdUNXqU8XR2-qfQFl81zSitHoOMWurkDBeeLNI3FvlwQuhQeN50V2jkCRkHAVvdOfI0ldwWMLo_9

 

 

 

 

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिनुभयो । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताउनुभयो । अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउनुहुन्छ । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभयो । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित