अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रबर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा गहन छलफल भयो।
भेटघाटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा पुर्‍याउँदै आएको सहयोगको उच्च मूल्यांकन गर्नुभयो। उहाँले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नु भयो।

 

नेपाली वस्तुको बजार पहुँच र व्यापारिक संयन्त्रको सक्रियतामा जोड

मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तुहरूको अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण बजार पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारको सहयोगको अपेक्षा राख्नुभयो।
त्यसैगरी, दुई देशबीच हस्ताक्षर भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ (TIFA) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रबर्द्धन गर्नुपर्नेमा उहाँको जोड थियो।

साढे पाँच वर्षमा अमेरिकी लगानी बढाउन आग्रह

नेपाल सरकारले नीतिगत तथा कानुनी सुधार गरी देशमा लगानीमैत्री वातावरण सुदृढ बनाउँदै लगेको जानकारी दिँदै मन्त्री यादवले नेपालका सम्भावनायुक्त क्षेत्रहरूमा थप अमेरिकी लगानी आकर्षित गर्न सरकार उत्सुक रहेको बताउनुभयो। उहाँले विशेषगरी जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो।
हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको र नेपालबाट ऊनी गलैँचा, तयारी पोशाक तथा पश्मिना जस्ता वस्तुहरू निर्यात भइरहेका छन्। द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा ब्यहोर्नु परिरहेको सन्दर्भमा, प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीलाई बलियो बनाएर यो खाडल कम गर्न सकिने मन्त्री यादवको भनाइ थियो।

अमेरिकी पक्षको प्रतिबद्धता

मन्त्री यादवको तर्फबाट राखिएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रबर्द्धन र व्यापारिक संवाद ब्युँताउने लगायतका मागहरूमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँले नेपालले राखेका सबै माग र सहकार्यका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी