निजि क्षेत्र विना बालेन सरकार चल्दैन : श्रम मन्त्री

काठमाडौं,३२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गर्नु भएको छ ।

उहाँले देशमा ८० प्रतिशत भन्दा बढी रोजगारी सिर्जना र जिडिपीमा ठूलो योगदान निजी क्षेत्रकै भएकाले निजी क्षेत्र बिना सरकार चल्न नसक्ने बताउनु भयो ।ऐनलाई सबैको अपनत्व हुने गरी व्यापक छलफल गरेर ३५ दिनभित्र एउटा मूर्त रूप दिने उहाँको भनाइ छ ।उहाँले मागमा आधारित तालिम र रोजगारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिनु भयो ।मन्त्रालयले अब केवल तालिम दिने मात्र नभई तालिम पश्चात् रोजगारीको ग्यारेन्टी हुने गरी नयाँ कार्यविधि बनाउन लागेको समेत उहाँले बताउनु भयो ।

 

मन्त्री यादवले हालसम्म न्यूनतम पारिश्रमिक रोजगारदाता, श्रमिक र सरकारबीचको आपसी सहमतिबाट तय हुने गरेकोमा अब त्यसलाई वैज्ञानिक र वस्तुपरक बनाइने समेत बताउनु भयो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतमा नीति वा ऐन निर्माण र परिमार्जन गर्दा निजी क्षेत्रलाई केवल ’साक्षी’ का रूपमा मात्र राखिने गरेको गुनासो गर्नु भयो। कुनै पनि ऐन वा कानुन संशोधन गर्दा निजी क्षेत्रलाई पर्याप्त गृहकार्य गर्नका लागि समय दिन उहाँले सुझाव दिनु भयो । त्यस्तै अध्यक्ष श्रेष्ठले ऐन संशोधनका क्रममा विस्तृत छलफल र गृहकार्य गरेपछि दुवै पक्षको सहमतिमा अन्तिम मस्यौदा तयार पार्न समेत आग्रह गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास