प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् । कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

 

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताउनु भएको छ । उहाँले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार गरिएको जानकारी दिनु भयो। बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनः स्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनु भयो।

 

प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता