मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र वडा नम्बर ७ भान्सा खोलामा निर्माण गरिएका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरू निर्माण भएको सात वर्ष बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

दुहागढीस्थित केन्द्रको दैनिक २७ घनमिटर र भान्सा खोलास्थित केन्द्रको १२ घनमिटर लेदो प्रशोधन गरी कम्पोस्ट मल र सुरक्षित पानी बनाउने क्षमता छ। तर, आवश्यक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि नीतिगत कमजोरी र निजी सेफ्टी ट्याङ्करहरूको कमजोर नियमनका कारण यी केन्द्रहरूले सञ्चालन खर्चसमेत उठाउन सकेका छैनन्। निजी ट्याङ्करहरूले संकलित लेदो प्रशोधन केन्द्रमा ल्याउनुको सट्टा जथाभाबी फ्याँक्दा एकातिर लगानी बालुवामा पानी जस्तै बनेको छ भने अर्कोतिर वातावरण र जनस्वास्थ्यमा गम्भीर खतरा बढेको विज्ञहरू बताउँछन्।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार अब निजी ट्याङ्कर अनिवार्य दर्ता गर्ने, जथाभाबी लेदो फाल्नेलाई कारबाही गर्ने र नयाँ ऐन–कार्यविधि ल्याएर प्रशोधन केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने दाबी छ।
हाम्रो घर र वरपरको फोहोरलाई सही ठाउँमा व्यवस्थापन नगरेसम्म समृद्ध र स्वस्थ शहरको परिकल्पना सम्भव छैन। राज्यको करोडौँको पूर्वाधार प्रयोगविहीन हुनु र जथाभाबी लेदो फ्याँकेर जनस्वास्थ्यमा खेलबाड हुनु लज्जास्पद विषय हो। अब सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी