भन्सार छली गरि सामानहरु भित्र्याउने

भन्सार छली बढ्दो : धरानका व्यापारीको संलग्नता

 

 

 

 

धरान  पछिल्लो समय भारतबाट अनाधिकृत रुपमा भन्सार छली गरी व्यापारीहरुले सामानहरु भित्र्याउने गरेको पाइएको छ ।

धरानका एक व्यापारीको पसलमा इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले तस्करी गरि ल्याइएको चिनी बरामद गरी गोदाम शिल गरे पछि भन्सार छली गरि सामानहरु भित्र्याउने गरेको पुष्टि भएको छ । भारतसंग सीमाना जोडिएको भन्सार कार्यालयकै आखा छलेर राजस्व छली गरेर ल्याइएको पाइएको छ ।

गोप्य सूचनाको आधारमा कार्यालयले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किराना पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वालिटी विकुटमा छापा मारी राजस्व छली गरी भारतबाट ल्याएको चिनी बरामद गरेको हो ।

राजस्वले छापा हान्ने थाहा पाए पछि बुधबार दिनभरी नै ठुला किराना पसलहरु बन्द थिए । उनीहरुलाई तस्कर समूह र सशस्त्र प्रहरीबाटै सुचना दिएको स्रोतले बताएको छ । भन्सार छली गरी ल्याइएको चिनी गुप्ता किराना पसलबाट ३० बोरा, ओम शान्तिबाट १५ बोरा र क्वालिटी विस्कुटबाट ११ बोरा राजस्वले बरामद गरेको थियो ।

धरानका एक व्यापारीले भने, ‘धरानमा दैनिक तीन देखि चार ट्रक राजस्व छलीको चिनी भित्रिने गर्छ, चिनीका अलावा काँकडभिट्टा नाकाबाट अवैध कपडा, विराटनगर र भाण्टाबारी भन्सारबाट मोटर पार्टस लगायतका सामान भित्रिन्छ ।’ उनका अनुसार आन्तरिक राजस्व कार्यालयले पनि धरानमा कर्मचारीलाई सेक्टर छुट्टाएर हप्तावारी र मासिक रकम असुल्ने गरेका छन् ।

अवैध चिनीको कारोबार गदै आएका रोहित मित्तल हाल फरार रहेका छन् । राजस्व कार्यालय इटहरीले धरान १ स्थित पवन अग्रवालको घरमा कोठा भाडामा लिएका मित्तलको गोदाम शुक्रबारै सिल गरिदिएको छ ।

नेपालमा चिनीको मुल्य प्रतिकेजी ८८ रुपैया रहेको छ । ८३ रुपैयाले दिन्छु भन्दै रोहित मित्तलले ३० बोरा चिनी आफ्नो दोकानमा झारिदिएको गुप्ता किराना पसलका संचालक राजेन्द्र गुप्ता बताउँछन् । विल र पैसा लिन एकछिन पछि आउछु भनेर हिडेका तस्कर मित्तल गएको केही मिनेटमै राजस्वले छापा हानेको उनको भनाई छ । उनले भने, ‘म तस्करीको भारतीय चिनी लिन्न भन्दाभन्दै झारेर गएको हो ।’

यता राजस्व कार्यालयका प्रमुख तीर्थराज खनालले गोप्य सूचना पाएकोले त्यतिको सामान बरामद गर्न सकेको बताए । उनले भने, अवैध रुपमा आएको सामानको सुचना पाए, हामी जतिबेला पनि जहाँ पनि जान्छौं, धन्न ड्राइभर कोअपरेटिभ रहेछ उसले थाहा छैन भनेको भए पत्ता लाग्ने थिएन ।’ उनका अनुसार धरानमा मात्र दैनिक तीन चार ट्रक अवैध चिनी भित्रिने गरेको छ । खनालले भने, ‘सबै भन्सार कर्मचारी र सशस्त्र प्रहरीको ओपन सेटिङ हो, आइतबार राजविराज भन्सारका हाकिम आउनु भएको थियो, उहाँले मेरो लक्ष्य प्राप्ति नहुने भयो भनेर गुनासो गरे ।’

राजविराज भन्सार कार्यालयका प्रमुखको भनाई उद्धृत गर्दै उनले भने, ‘जहाँ जहाँ सशस्त्र प्रहरीको विओपी छ, त्यहीबाट तस्करी हुने गरेको छ । भन्सारबाट किन लैजान्छस यताबाट लैजा भनेर तस्करलाई सशस्त्र प्रहरीले नै भन्ने गर्छन्, त्यसवापत रकम लिएर गन्तव्यसम्म पु¥याउन उनीहरुले नै सहयोग गर्छन ।’

सुनसरीको अवस्था पनि त्यस्तै रहेको उनको भनाई छ । सशस्त्रका डिआइजीकै रोहबरमा लाईन मिलाइएको उनको दाबी छ । उनले भने, ‘बाहिर निस्कदा सशस्त्र प्रहरी हाम्रा अगाडि हुन्छन्, कुरा लिग भइहाल्छ, त्यसैले हामीले सूचनाका आधारमा प्रहरी नै नलिइ हिड्नुपर्ने अवस्था भएको छ ।’ सशस्त्र प्रहरी कर्तव्यच्युत भएर सबैतिर तस्करीलाई बढावा दिएको उनको गुनासो छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काँग्रेस, एमाले र मदेसबादी मिलेर सरकार बनाउने भए हाम्रो समर्थन रहन्छ : प्रचण्ड

सुर्खेत,३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु

वैज्ञानिकहरूको नयाँ खोज, ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ ।

४० लाख अवैध सामानसहित ट्रक पक्राउ

सिरहा,३ जेठ । सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा

दमकमा भव्य भएको ‘कुलिनरी कम्पोडीसन’ले के सन्देश दियो?

दमक,२ जेठ ।सेतो गाउनमा सझीएको यो भीड । यो सेतो गाउन लगाउनेहरु सेफ अर्थात किचेनमा काम गर्नेहरुनै हुन । तर स्वदेशका मात्रै नभएर विदेशका पनि

कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै रकम सहयोग गर्ने कार्यकर्ताको प्रतिवद्धता

दमक,जेठ २ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)वडा कमिटी दमक ८ले स्थापना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै १लाख बढी रकम अक्षयकोषलाई सहयोग गर्ने कार्यकर्ताले प्रतिवद्धता