जेएनयू र डीयूको चेतावनीः ‘जन्तर–मन्तरमा प्रदर्शन गर्न गए कडा कारबाही हुने!’ 

काठमाण्डौँ,८ साउन। भारतको चर्चित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) ले आफ्ना विद्यार्थी तथा शैक्षिक समुदायलाई नयाँ दिल्लीस्थित जन्तर–मन्तर वा त्यस आसपासका सार्वजनिक भेला र प्रदर्शनमा सहभागी नहुन कडा चेतावनी दिएको छ। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सूचना जारी गर्दै जेएनयूले सर्वोच्च अदालतको निर्देशिका पालना गर्न, जिम्मेवार व्यवहार देखाउन र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ। विश्वविद्यालयको नियम वा प्रचलित कानुन उल्लङ्घन गरेमा सख्त अनुशासनात्मक कारबाही हुने स्पष्ट पारिएको छ। साथै, विद्यार्थीहरूलाई सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवारीपूर्वक गर्न भनिएको छ।

यसअघि दिल्ली विश्वविद्यालय (डीयू) ले पनि यस्तै निर्देशन जारी गरिसकेको छ।
विश्वविद्यालयहरूको यो कदमपछि भारतको राजनीति तातेको छ। लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले कडा प्रतिक्रिया दिँदै ’विश्वविद्यालयले विद्यार्थीहरूलाई यसरी धम्क्याउन नपाउने’ बताउनु भएको छ्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी