दमक बजारका सडक मर्मत गरिदिन मेयर थापाको तारन्तार पत्र, तर देखिएन उपलब्धि

दमक, ८ साउन । दमक नगरपालिकाभित्र निर्माणाधीन सडक तथा ढल व्यवस्थापन आयोजनाहरू लामो समयदेखि अलपत्र परेपछि दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले सम्बन्धित निकायलाई पटक–पटक पत्राचार गर्दै आउनु भएको छ। तर, नगरपालिकाको आग्रह र पटक–पटकको पत्राचारपछि पनि निर्माण तथा मर्मतको काम अघि नबढेपछि स्थानीय सरकारको आग्रहलाई सम्बन्धित निकायले नै बेवास्ता गरेको हो कि भन्ने प्रश्न उठेको छ ।

नगरप्रमुख थापाले खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरी काठमाडौंलाई पठाएको पत्रमा दमक नगरपालिका क्षेत्रभित्र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत विराटनगरबाट ठेक्का प्रक्रिया मार्फत सम्झौता भई निर्माण भइरहेका विभिन्न आयोजना लामो समयदेखि अधुरो अवस्थामा छाडिएको उल्लेख गर्नुभएको छ ।
नगरपालिकाका अनुसार निर्माण कार्यमा तीव्रता दिन र आयोजना समयमै सम्पन्न गर्न पटक–पटक पत्राचार गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन । नगरपालिकाले आयोजना निर्माणका क्रममा खनिएका सडक तथा अन्य संरचनाहरूको मर्मत सम्भार गर्नसमेत आग्रह गर्दै आएको छ ।

अधुरा आयोजना र बिग्रिएका सडकका कारण नागरिकको दैनिक आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको नगरपालिकाको भनाइ छ । आयोजना सम्पन्न नभएसम्म सडक मर्मत गर्न नमिल्ने अवस्था रहेको भन्दै नगरपालिकाले समस्या समाधानका लागि गम्भीरतापूर्वक पहल गरिदिन खानेपानी तथा ढल व्यवस्थापन विभागसँग आग्रह गरेको छ ।
नगरप्रमुख थापाले आयोजना निर्माणसँगै सडक मर्मतसम्भारको काम अघि बढाउन र नागरिकले भोग्दै आएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो । दमक नगरपालिकाले यसअघि पनि आयोजना निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक पत्राचार र समन्वय गर्दै आएको भए पनि कामले गति लिन नसकेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी