सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा र अनिश्चितकालीन कर्फ्यू

सुनसरी,१२ साउन। देवानगञ्ज गाउँपालिका–३ कसनागञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा निषेधाज्ञा र अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणको अन्योल हटाउन पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट भने कफ्र्यू हटाइएको प्रशासनले जनाएको छ।

 

शान्ति–सुरक्षा कायम राख्न देवानगञ्ज र हरिनगरका मुख्य बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ।

कफ्र्यू लागू गरिएका मुख्य बजार क्षेत्रहरूः
हरिनगरा बजार क्षेत्र (इलाका ’क’) : पूर्वमा नुनिला टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड।

भुटाहा बजार क्षेत्र (इलाका ’ख’) : पूर्वमा मोरिया धार खोला, पश्चिममा ईदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय।

कसनागञ्ज बजार क्षेत्र (इलाका ’ग’) :पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल–भारत सीमा।

घुस्की बजार क्षेत्र (इलाका ’घ’) : पूर्वमा कासमिया मदरसा, पश्चिममा घुस्की प्रहरी चौकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल।

देवानगञ्ज बजार क्षेत्र (इलाका ’ङ’) : पूर्वमा मुसहर टोल (विराटनगर सडक), पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिल।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएको यस आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै प्रशासनले तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस वा प्रदर्शन नगर्न चेतावनी दिएको छ।

 

देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायम

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी