धनुषामा कर्फ्यु घोषणा

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन गर्न नसक्दा सप्तरी, सिरहा हुँदै मधेश प्रदेशको राजधानी धनुषासम्मै गम्भीर समस्या देखिएको छ।

 

बिहीबार सिरहाको गोलबजार सहितका क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु लगाइसकेको छ। उता सिरहाको मुख्य बजार लहान क्षेत्रमा पनि दुई समुदाय प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन चर्किँदै गएपछि प्रहरीले लहान बजार क्षेत्रमा अश्रुग्यास हानेको छ, केही राउन्ड हवाई फायर पनि गरेको छ। पत्रकार मिथिलेश यादवले आफ्नै निवास अगाडि प्रहरीले अश्रुग्यास हानेको र हवाई फायर गरेको जानकारी दिनु भएको छ।

 

उता धनुषामा प्रदर्शनले तनावको रुप लिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिका क्षेत्रमा दिउँसो साढे ३ बजेदेखि कफ्र्यु आदेश घोषणा गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले त्यहाँ अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गर्नु भएको हो । प्रशासनले उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्रसहित लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्र कफ्र्यु लगाएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा