मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ । सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई कसरी प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान र समुदायस्तरमा जनचेतना विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको हो ।

 

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्य, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले शिक्षा प्रणालीमार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम तथा आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा

अविरल वर्षा र हावाहुरीले मधेशको जनजीवन अस्तव्यस्त, धनुषामा पहिरोले ज्यान लियो

जनकपुर , असोज ११। मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

काठमान्डौ,२२ असोज। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुट्नुभएको छ । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

झापा–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किन मनोनयन दर्ता गरे सत्यनारायण चौधरीले?

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।

आकर्षक उपहारको प्रलोभनमा बिर्तामोडमा चिठ्ठा धन्दा: नक्कली सदस्य खडा गरेर करोडौँको ठगी

बिर्तामोड, असोज ११ । झापाको बिर्तामोडमा कानुनी रूपमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय र अवैध चिठ्ठाका नाममा हजारौँ सर्वसाधारण ठगिने क्रम तीव्र बनेको छ। एनके, ब्राभो, अजम्बरी,