सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म बजेसम्मका लागि निषेधाज्ञा लागू रहने हो ।

 

प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्ला भित्र पाँच जना भन्दा बढी मानिसहरु जम्मा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नु रहेको छ । प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रसंघको ८१औँ महासभा सकेर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कँदै

काठमाडौं , असोज १०। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् ।परराष्ट्र मन्त्रालयका

पृथ्वी र बीपीसहित देशभरका मुख्य सडकखण्ड पहिरोले ठप्प, खुलाउने प्रयास जारी

काठमाडौं , असोज १०। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका

मध्यावधि निर्वाचनअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा खुम्चियो, प्रचार अभियान तीव्र पार्दै

काठमाडौं , असोज १०। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी