सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नु भएको छ ।

 

सामाजिक सञ्जालमा पोस्ट गर्दै ओलीले सुनसरीको देवानगञ्ज र सिरहामा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, गणेश यादवसहित अन्य नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भएको छ। साथै उहाँले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।

नागरिकको जीउधनको रक्षा गर्नु र संवाद मार्फत समस्याको समाधान खोज्नु सरकारको प्राथमिक दायित्व भएको स्मरण गराउँदै ओलीले अत्यधिक बल प्रयोग र सरकारको मौनताको भत्र्सना गर्नु भएको छ । हिंसात्मक कदम तत्काल रोकेर संवादबाटै निकास खोज्न आग्रह गर्दै उहाँले सम्भावित अवाञ्छित षड्यन्त्रहरूतर्फ सचेत रहन र कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न सबैमा अनुरोध गर्नु भएको छ।

 

मुलुक विषम परिस्थितिबाट गुज्रि रहेको यस घडीमा राजनीतिक प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा माथि उठेर प्रमुख राजनीतिक दलहरूलाई शान्ति र स्थायित्वका लागि सहकार्य गर्न उहाँले आह्वान गर्नु भएको छ। राष्ट्रिय हित, शान्ति–सुरक्षा र सामाजिक एकताका लागि सम्पूर्ण दल, नागरिक समाज, बुद्धिजीवी र धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई एकजुट हुन पनि ओलीले आग्रह गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रसंघको ८१औँ महासभा सकेर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कँदै

काठमाडौं , असोज १०। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् ।परराष्ट्र मन्त्रालयका

पृथ्वी र बीपीसहित देशभरका मुख्य सडकखण्ड पहिरोले ठप्प, खुलाउने प्रयास जारी

काठमाडौं , असोज १०। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका

मध्यावधि निर्वाचनअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा खुम्चियो, प्रचार अभियान तीव्र पार्दै

काठमाडौं , असोज १०। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी