दुई युवाको घटनास्थलमै अन्त्येष्टि

अब सोही ठाउँमा उनीहरूको सम्झनामा ‘स्मृति पार्क’ निर्माण गरिने भएको छ।

विराटनगर,१६ साउन । सुनसरीको देवानगञ्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको जुन ठाउँमा गोली लागेको थियो, सोही घटनास्थलमै हिन्दु परम्पराअनुसार भावुक वातावरणमा शुक्रबार राति अन्त्येष्टि गरिएको छ। सामान्यतया खोला वा नदी किनारमा दाहसंस्कार गर्ने परम्परा रहे पनि स्थानीय र पीडित परिवारको आग्रहमा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको अन्त्येष्टि घटनास्थल भित्रै गरिएको हो।

 

गृह मन्त्रालयसँग सहमति भएपछि कोशी अस्पतालमा पोस्टमार्टम गरी शव परिवारलाई बुझाइएको थियो। सयौँ स्थानीयको सहभागितामा निकालिएको शोक यात्रापछि राति ११ः३० बजे घटनास्थलमै दुवै युवालाई अन्तिम बिदाइ गरियो। अब सोही ठाउँमा उनीहरूको सम्झनामा ‘स्मृति पार्क’ निर्माण गरिने भएको छ।

 

सरकार र पीडित पक्षबीच ५ बुँदे सहमतिः
गृहमन्त्री र पीडित परिवारबीच भएको वार्तापछि आन्दोलन साम्य भएको छ। सम्झौताका मुख्य बिन्दुहरूः

सहिद घोषणाः दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने।

राहत र रोजगारीः प्रत्येक परिवारलाई १०÷१० लाख रुपैयाँ राहत र परिवारका एक–एक सदस्यलाई रोजगारी।

स्मृति पार्कः घटनास्थलमै स्थानीय सरकारको समन्वयमा स्मृति पार्क निर्माण गरिने।

छानबिन र कारबाहीः घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्ने।

 

गत साउन १० गते देवानगञ्जमा दुई समुदायबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। सो घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए भने १० जनालाई गोली लागेको थियो।

घटनापछि सुनसरीमा तोडफोड, आगजनी र लुटपाटका घटना बढेपछि कफ्र्यु लगाइएको थियो। हाल कफ्र्यु हटाइएको भए पनि सुरक्षाका लागि संवेदनशील क्षेत्रहरूमा अझै निषेधाज्ञा जारी राखिएको छ। प्रहरीका अनुसार दाहसंस्कार शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि अहिले गाउँको स्थिति क्रमशः सामान्य बन्दै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय