सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित दुई दिने भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। असोज २४ र २५ गते क्रमशः शिवसताक्षी र दमकमा हुने कार्यक्रमबाट सङ्कलित सहयोगले संघको संस्थागत सुदृढीकरणसँगै छात्रवृत्ति अक्षय कोष विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्देश्य, तयारी र व्यवस्थापनबारे जानकारी गराउन संघले बिहिवार दमकमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

संघका अध्यक्ष भोजकुमार तामाङले संस्थालाई दीर्घकालीन रूपमा आर्थिक रूपमा सक्षम बनाउने, दृष्टिविहीन विद्यार्थीको अध्ययनलाई निरन्तर सहयोग गर्ने तथा छात्रवृत्ति अक्षय कोषलाई विस्तार गर्ने लक्ष्यसहित सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफल भए संस्थाको आर्थिक आधार मजबुत हुनुका साथै दृष्टिविहीन समुदायको हक, अधिकार, क्षमता र संघले समाजमा पु¥याउँदै आएको योगदानबारे व्यापक जनचेतना फैलिने विश्वास व्यक्त गर्नुभयो।

यो कार्यक्रम केवल मनोरञ्जनका लागि नभई दृष्टिविहीन समुदायको उज्ज्वल भविष्यसँग जोडिएको सामाजिक अभियान भएकाले नागरिक समाज, शुभेच्छुक, सहयोगी संस्था, निजी क्षेत्र तथा सरोकारवाला सबै पक्षलाई सक्रिय साथ, सहयोग र सहभागिताका लागि आग्रह समेत गरिएको छ । आयोजकले कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी