जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका तिलमाया भट्टराईको जन्मदिनको अवसरमा शुक्रबार रक्तचाप, मधुमेह (ब्लड सुगर) र कोलेस्ट्रोल परीक्षण निःशुल्क गरिएको हो।

 

शिविरमा विशेषगरी ३० वर्षभन्दा माथिका नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए। आयोजकका अनुसार एकदिने शिविरबाट कुल ८२ जनाले प्रत्यक्ष रूपमा सेवा लिएका छन। क्लिनिकका सञ्चालक तथा तिलमाया भट्टराईका श्रीमान् बुद्धि शेखर भट्टराईले जन्मदिनलाई केवल औपचारिक रूपमा मनाउनेभन्दा समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार जनस्वास्थ्यकर्मी समेत रहेकी तिलमाया भट्टराईले आफ्नो पेशासँग सम्बन्धित सेवा प्रदान गरेर जन्मदिनलाई अर्थपूर्ण बनाउने सोचका साथ शिविर सञ्चालन गर्नुभएको हो।
उहाँले सामान्य अवस्थामा रक्तचाप, मधुमेह र कोलेस्ट्रोल परीक्षण गराउँदा प्रतिव्यक्ति करिब एक हजार आठ सय रुपैयाँसम्म खर्च हुने भए पनि जन्मदिनको अवसरमा एक दिन सबै सेवा निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी