१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने

चैत २५ देखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

 

मोरङ — टाइफाइडविरुद्धको खोप अभियान प्रदेश १ लगायत मुलुकभरि पहिलो पटक चैत २५ देखि वैशाख १८ सम्म सुरु भइरहेको छ । उक्त खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश १ का १२ लाख ३८ हजार ३ सय ८७ बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । सबभन्दा बढी मोरङमा ३ लाख ४७ हजार २ सय २५ र सबभन्दा कम तेह्रथुममा २५ हजार ७ सय १७ बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘खोप लगाउने लक्षित बालबालिकामा १५ महिनादेखि ५ वर्षमुनिका २ लाख ४७ हजार ५ सय २२ र ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८ सय ६५ छन्,’ उनले भने, ‘प्रदेशका १ सय ३७ स्थानीय तहमा ९ हजार ६ सय ७८ खोप केन्द्रमा बालबालिकालाई खोपका लागि सोही संख्यामा स्वास्थ्यकर्मी र १९ हजार ३ सय ५० स्वयंसेवक परिचालन गरिनेछ ।’ प्रदेशमा निर्धारण गरिएकामध्ये ८० प्रतिशत खोप केन्द्र विद्यालयमा रहने बस्नेतको भनाइ थियो ।

साल्मोनेल्ला टाइफिई ब्याक्टेरियाबाट हुने टाइफाइडविरुद्धको भारतमा उत्पादित टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) लगाइने स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले बताए । उनले खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाए । पाटन एकेडेफी फर हेल्थ साइन्सले गरेको अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ र १५ वर्षमुनिका प्रति १ लाखमा १० हजार ९ सय ६० जनामा टाइफाइड हुने गरेकाले खोप अभियान सुरु गर्न लागिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले सन् २०२० अगष्ट १४ मा टाइफाइड रोगविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

खोपबाट बचाउन सकिने रोगलाई शून्यमा झार्नका लागि बालबालिकालाई टाइफाइडविरुद्धको टीभीसी दिने अभियान सञ्चालन गर्न गइरहेको उनले बताए । टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग भएको र यो खोपले साल्मोनेल्ला टाइफिई ब्याक्टेरियालाई मात्रै मार्ने भएकाले खोपसँगै सरसफाइका लागि जनचेतना अभियानसमेत चलाइने श्रेष्ठले बताए । प्रदेशका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक बस्नेतले जानकारी दिए । हालसम्म सबै जिल्लामा खोप पुगिसकेकाले चैत २५ मा विराटनगरमा बृहत् कार्यक्रम गरी अभियान सुरु गरिनेछ ।

सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ । टाइफाइडका बिरामीलाई उच्च ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् । समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको रोकथामका लागि खोप अभियान सुरु गरिरहेको हो ।

यो खोप कडा एलर्जी भएका र एड्सको लक्षण भएकाले लगाउन नमिल्ने निर्देशक बस्नेतले बताए । हालसालै सिकिस्त बिरामी भएको वा कोभिड संक्रमण भई १४ दिन नकटेको अवस्थाका बालबालिकालाई समेत खोपमा सहभागी गराउन नमिल्ने उनले बताए । विद्यालय तथा स्वास्थ्य केन्द्रहरुमा लगाइने यो खोप सम्पूर्ण बालबालिकालाई लगाउन वडास्तरसम्म खोप सहजीकरण समितिमार्फत घर घरमा निमन्त्रणा कार्ड पठाउने योजना रहेको उनले सुनाए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा