१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने

चैत २५ देखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

Khop

 

मोरङ — टाइफाइडविरुद्धको खोप अभियान प्रदेश १ लगायत मुलुकभरि पहिलो पटक चैत २५ देखि वैशाख १८ सम्म सुरु भइरहेको छ । उक्त खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश १ का १२ लाख ३८ हजार ३ सय ८७ बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । सबभन्दा बढी मोरङमा ३ लाख ४७ हजार २ सय २५ र सबभन्दा कम तेह्रथुममा २५ हजार ७ सय १७ बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘खोप लगाउने लक्षित बालबालिकामा १५ महिनादेखि ५ वर्षमुनिका २ लाख ४७ हजार ५ सय २२ र ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८ सय ६५ छन्,’ उनले भने, ‘प्रदेशका १ सय ३७ स्थानीय तहमा ९ हजार ६ सय ७८ खोप केन्द्रमा बालबालिकालाई खोपका लागि सोही संख्यामा स्वास्थ्यकर्मी र १९ हजार ३ सय ५० स्वयंसेवक परिचालन गरिनेछ ।’ प्रदेशमा निर्धारण गरिएकामध्ये ८० प्रतिशत खोप केन्द्र विद्यालयमा रहने बस्नेतको भनाइ थियो ।

साल्मोनेल्ला टाइफिई ब्याक्टेरियाबाट हुने टाइफाइडविरुद्धको भारतमा उत्पादित टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) लगाइने स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले बताए । उनले खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाए । पाटन एकेडेफी फर हेल्थ साइन्सले गरेको अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ र १५ वर्षमुनिका प्रति १ लाखमा १० हजार ९ सय ६० जनामा टाइफाइड हुने गरेकाले खोप अभियान सुरु गर्न लागिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले सन् २०२० अगष्ट १४ मा टाइफाइड रोगविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

खोपबाट बचाउन सकिने रोगलाई शून्यमा झार्नका लागि बालबालिकालाई टाइफाइडविरुद्धको टीभीसी दिने अभियान सञ्चालन गर्न गइरहेको उनले बताए । टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग भएको र यो खोपले साल्मोनेल्ला टाइफिई ब्याक्टेरियालाई मात्रै मार्ने भएकाले खोपसँगै सरसफाइका लागि जनचेतना अभियानसमेत चलाइने श्रेष्ठले बताए । प्रदेशका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक बस्नेतले जानकारी दिए । हालसम्म सबै जिल्लामा खोप पुगिसकेकाले चैत २५ मा विराटनगरमा बृहत् कार्यक्रम गरी अभियान सुरु गरिनेछ ।

सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ । टाइफाइडका बिरामीलाई उच्च ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् । समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको रोकथामका लागि खोप अभियान सुरु गरिरहेको हो ।

यो खोप कडा एलर्जी भएका र एड्सको लक्षण भएकाले लगाउन नमिल्ने निर्देशक बस्नेतले बताए । हालसालै सिकिस्त बिरामी भएको वा कोभिड संक्रमण भई १४ दिन नकटेको अवस्थाका बालबालिकालाई समेत खोपमा सहभागी गराउन नमिल्ने उनले बताए । विद्यालय तथा स्वास्थ्य केन्द्रहरुमा लगाइने यो खोप सम्पूर्ण बालबालिकालाई लगाउन वडास्तरसम्म खोप सहजीकरण समितिमार्फत घर घरमा निमन्त्रणा कार्ड पठाउने योजना रहेको उनले सुनाए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।