एसियन हाइवेमा ठेकेदार गायब

बिजुलीका पोल नहट्दा ४६ अर्बको आयोजना अलपत्र!

दमक,१९ साउन । पूर्वी नेपालको लाइफलाइन मानिएको पूर्व–पश्चिम एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तार आयोजना बिजुलीका पोल नहट्दा गम्भीर मोडमा पुगेको छ। पोल स्थानान्तरणको जिम्मा पाएको ठेकेदार कम्पनी नै बेपत्ता भएपछि अहिले सडक निर्माणको काम थप सुस्त बनेको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर मार्फत पोल सार्ने ठेक्का पाएको ’सोहन कन्स्ट्रक्सन’ पछिल्लो १५ दिनदेखि सम्पर्कबाहिर रहेको आयोजना निर्देशनालयले जनाएको छ।
काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर खण्डमा करिब ९ सय पोल रहेकामा दुई महिनाको अवधिमा कम्पनीले जम्मा ८० देखि १ सय वटा मात्र पोल सारेको छ। पोल नसारिँदा सडक चौडा बनाउने, नाली खन्ने र कालोपत्रे गर्ने काम पूर्ण रूपमा प्रभावित भएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा कुल छियालीस अर्ब रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको यो पन्चनवे किलोमिटर सडकलाई ५ वटा प्याकेजमा बाँडेर काम भइरहेको छ। तर, समग्र आयोजनामा हालसम्म करिब ३० प्रतिशत मात्र पोल सारिएका छन। दमक बजार क्षेत्रमा बिजुलीका पोल र खानेपानीका पाइप नहटाउँदा फ्लाइओभर निर्माणको कामसमेत रोकिएको छ। पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीका अनुसार सन् २ हजार २७ को जनवरीभित्र काम सक्ने लक्ष्य भए पनि अझै १ हजार ५ सयभन्दा बढी पोल सार्न बाँकी छ।

काँकडभिट्टा–सितापुरी पूर्वी खण्डको १० अर्ब ६ करोडको मुख्य ठेक्का ’एभ्रास्कोन–कालिका जेभी’ ले लिएको छ, जसको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ। अनुकूल मौसम भए दशैँअघि बजार क्षेत्रबाहेक अन्य भागमा एकतर्फी कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, निन्दा, बिरिङ र कन्काई नदीमा ३ सय मिटरभन्दा लामा पुल बनाउन ’कोभेक–क्रेजसी–टुन्डी जेभी’ सँग ५ अर्ब सन्तनवे करोडमा सम्झौता भई काम जारी छ। सम्झौताअनुसार २०८० कात्तिकदेखि ३ वर्षभित्र निर्माण सक्नुपर्ने भए पनि पूर्वाधार व्यवस्थापनको ढिलाइले आयोजनाको भविष्य भने अनिश्चित बन्दै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव